जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीको पोल्टामा

मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।

त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।