जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भू-माफिया,भष्ट्रचारी र राष्ट्रघातीका बिरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)।

भू-माफिया,भष्ट्रचारी र राष्ट्रघातीका बिरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को यहि जेष्ठ २५ गते बसेको बैठकले विविन्न निर्णय गर्देै बैठक सम्पन्न गरेको छ।बैठक पछि प्रेस विज्ञप्ति मार्फत सो निर्णयहरू सर्वजनिक गरेको छ।

कार्यक्रमका प्रमुखको रुपमा रहेका गण्डकी ब्युरो इन्चार्ज रुपेशले बैठकमा सहभागी पार्टीका जिल्ला नेता–कार्यकर्तालाई समसामयिक परिस्थिति, पार्टी केन्द्र, ब्युरोको योजना, रणनीति, आगामी कार्यदिशा, कार्यनीति र कार्यक्रमका बारेमा प्रशिक्षित गरेका थिए भने,बिशेष उपस्थिति रहेक जिल्ला इन्चार्ज गोकुल पराजुलीले पनि पार्टी को आगामी योजना र कार्यक्रम बारेमा आफ्ना भनाई राखेका थिए ।
बैठकले ५ वटा विविन्न निर्णय सहित संघर्षका कार्यक्रम गर्ने प्रेस विज्ञप्तिमा मार्फत  जनाएको छ।
१) भू – माफियाले षड्यन्त्रपुर्वक खोसेको किसानहरुको भूमि फिर्ताको लागि संघर्ष गर्ने,
२)भू – माफियाले अतिक्रम गरेको सरकारी र सामुदायिक जमिन, प्राकृति स्रोत र सम्पदाको संरक्षणको लागी संघर्ष गर्ने,

३)वित्तिय तथा मिटर ब्याजिको उत्पिडन बिरुद्द संघर्ष गर्ने,
४)एमसीसी लगायत सम्पुर्ण राष्ट्रघाति सम्झौता बिरुद्द संघर्ष गर्ने,
५)बढ्दो महगि तथा जनताको प्रत्यक्ष जनजीवीका संग जोडीएको बिषयमा संघर्ष गर्ने जस्ता निर्णयहरु गरेको बैठक पछि प्रेस बिज्ञप्ति जनाईएको छ ।
बैठकमा नेकपा कम्युनिस्ट पार्टी (बहुमत)का कास्की जिल्ला संयोजक बद्री अधिकारीको अध्यक्षतामा भएको थियो।