भु-माफिया बिरुद्ध कठोर निति बनाउदै नेपाल कम्युनिस्ट पार्टी ( बहुमत )
नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) पोखरा २१ का वडा अध्यक्ष दिपक सुवेदीलाई फोक्सिङ्गकोटमा रहेको करीब ९६ रोपनि जग्गा मुठ्ठीभर भू-माफियाको कब्जा रहेको भन्दै यसको बिरुदमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) पोखरा महानगरपालीकाका इन्चार्ज रबिन्द्र राई र सेक्रेटरी यम भट्टराई द्वारा हस्ताक्षरीत बिज्ञप्तिमा उत्त जग्गामा ठुलै परियोजना सञ्चालन गर्ने उद्देश्यका साथ विन प्रा.लि र किसानहरु बिच भएको सम्झौता अनुरुप स्थानिय जनतालाई रोजगार प्रदान गर्ने, गाउँको बिकासमा पुर्ण साथ सहयोग गर्ने साथै उत्त योजना पाँच बर्षभित्र सञ्चालनमा नआएको खण्डमा सो जग्गा स्थानिय जनतालाई पुरानै मुल्यमा फिर्ता गर्ने सहमति भएको उल्लेख गरीएको ताताकालिन समयमा भएको समझैतामा रहेको छ ।
सो जग्गा किसानलाई फिर्ता गर्न स्थानिय सरकार तथा सरोकारवालाहरुलाई आग्रह गर्ने छ। सो आग्रहलाई नटेरि जग्गा किनबेच गर्ने तथा अन्य प्रयोजनका लागि दुरुपयोग गर्ने गराउने कार्य भएको पाईएमा जस्तोसुकै कदम चालन पछि नहट्ने बताईएको छ।