जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बुधबार थप ३१ जनामा संक्रमण पुष्टि , १० जना संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा देशभर थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ५७५ जनाको पिसिआर र ८५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १४२ जना सक्रिय संक्रमित छन् ।

१० जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।