जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिहानको भुकम्पले घरको आटी भत्किँएर पोखरा कास्कीकोटकी १५ वर्षीया किशोरी घाइते

जन्मभुमि खबर ,
पोखरा ।

बिहीवार बिहान ३ बजेर ५६ मिनेट मा कास्कीको धम्पुस आसपासलाई केन्द्र बनाएर गएको भूकम्पले घर भत्किँदा एक जना घाइते भएकी छन् ।

घाइते हुनेमा पोखरा महानगरपालिका–२४ कास्कीकोट दोपरेका ३९ वर्षका पूर्ण हरी सुवेदीकी १५ वर्षीय छोरी करिष्मा सुवेदी घाइते भएको प्रहरीले जानकारी दिएको छ।

सुवेदीको ढुङ्गा माटोले बनेको २ तले घरमा भूकम्पको पराकम्पले धक्का दिँदा घरको आटी  भत्किँएर एक जान घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। घाइते करिष्मालाई स्थानीयसहित प्रहरीले उद्धार गरी उपचारको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको रेकर्ड अनुसार कास्कीको धम्पुसलाई केन्द्र बनाएर ४.९ म्यग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत र बागलुङसम्म महसुस भएको जनाइएको छ।