जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बढ्न थाले कोरोना संक्रमित , बिहिवार मात्र ४९ जनामा संक्रमण पुष्टि , १२ जना संक्रमणमुक्त

नेपालमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । भारतमा कोरोना संक्रमित बढ्दै गएको बेला त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १ हजार २६० जनाको एन्टीजेन परीक्षणमा १६ जना गरी ४९ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १६० जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् ।