जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फर्पिङको जंगलमा युवा-युवतीको शव फेला

फर्पिङको जंगलमा युवा-युवतीको शव फेला परेको छ। करिब २२/२३ वर्षका युवा-युवती मृत अवस्थामा फेला परेको काठमाडौंका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए ।

घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको भए पनि उनीहरुको मृत्युको कारण खुल्न नसकेको प्रहरी प्रमुखले बताए।

घटनास्थलमा अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ भने अहिलेसम्म मृतकको सनाखत हुन सकेको छैन । रासस