जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रतितोला चार सय रुपैयाँले बड्यो सुनको मुल्य

स्थानीय बजारमा बिहीवार सुनचाँदीको बढेको छ ।

यो दिन बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । अघिल्लो दिन बुधवार सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै यो दिन चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेको छ । यो दिन चाँदीको मूल्य १ हजार २६५ रुपैयाँ कायम भएको छ । यो दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४६ डलर आसपासमा कारोबार भइरहेको छ ।