जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा -२७ अर्घौचोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको पोखरा महानगरपालिका-२७, अर्घौचोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । तनहुँको घिरिङ गाउँपालिका-१ घर भई अर्घोचोक बस्दै आएका अन्दाजी ६५ वर्षीय राजी भनेर चिनिने इमराज लामिछानेको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

हिजो बेलुका करिब पौने ९ बजे पोखराबाट तनहुँतर्फ जाँदै गरेको ना७ख ४९७६ नम्बरको बसले लामिछानेलाई ठक्कर दिएको थियो । बस चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय शिशुवाले जनाएको छ ।