जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा–१७ फुस्रेखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका स्याङ्जाका गुरुङ मृत अवस्थामा फेला

जन्मभुमि खबर ,
पोखरा ।

फुस्रेखोलाले बगाउँदा दुई दिनदेखि बेपत्ता स्याङ्जाका पूर्ण गुरुङको शव भेटिएको छ । पोखरा–१७ दोविल्लास्थित फुस्रेखोलामा पौडी खेल्न गएका स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ७ का गुरुङ खोलाले बगाउँदा शनिबारदेखि बेपत्ता भएका थिए।

बेपत्ता गुरुङको शव आज (सोमबार) बिहान साढे ८ बजे पोखरा महानगरपालिका ३३ मुसीटुडामा पानीमा तैरिहरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पौडी खेल्न गुरुङसहित ७ जना फुस्रे खोला गएका थिए ।नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयले वेपत्ता गुरुङको खोजी गरिरहेकोमा आज बिहान शव खोलामा तैरिरहेको अवस्थामा स्थानीयले फेला पारेका हुन् ।