जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा स्पोटर्स अवार्ड सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन

जन्मभुमि खबर ,
पोखरा ।

छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

आगामी असार १८ गतेका लागि तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेलाले विभिन्न उपसमितिहरु गठन गरेको हो ।

जसअनुसार मञ्चका अध्यक्ष दीननाथ बराल संयोजक रहेको मुल आयोजक समितिको सह–संयोजकमा उपाध्यक्ष सुरज श्रेष्ठलाई चयन गरियो ।

भेलाले मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा प्रतिभा छनोट समिति गठन गर्ने निर्णय गरेको छ । समितिको सह–संयोजकमा सन्देश श्रेष्ठ, सदस्यमा विजय नेपाल र पदेन सदस्यमा मञ्च अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल रहेका छन् ।

उत्कृष्ट खेल पत्रकार छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेललाई चयन गरियो । सो उपसमितिको सदस्यमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र सन्देश श्रेष्ठ रहेका छन् ।

मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।

कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा मन क्षेत्री र सो समिति सदस्यमा उमा आले मगर र लक्ष्मी जिसी रहेका छन् ।

वैदेशिक समन्वय उपसमितिको संयोजकमा पूर्व अध्यक्ष केशव पाठक र सह–संयोजकमा सुर्दशन रञ्जित तथा सदस्यमा उमेश पुन चयन भएका छन् ।

मञ्चका कोषाध्यक्ष कविता घर्ती मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति निर्माण गरिएको छ । जसको सह–संयोजकमा एम वि आस्था मगर र सदस्यमा शशी कुमार पौडेल तोकिएका छन् ।

यसैगरी संघ संस्था समन्वय उपसमिति संयोजकमा मञ्चका कार्यसमिति सदस्य नारायण शाही तथा सह–संयोजकमा राजु गिरी चयन भएका छन् ।

प्रचार प्रसार समितिको संयोजकमा मञ्चका महासचिव राजाराम पौडेल र सह–संयोजकमा मञ्चका सचिव शशी कुमार पौडेललाई चयन गरियो ।

भिडियो तथा फोटो व्यवस्थापन उपसमितिको संयोजकमा उमेश पुन तथा सह–संयोजकमा दीपक मुल्मी चयन भए । केही उपसमिति छिट्टै गठन गरिने र उपसमितिलाई पुर्णता दिने जिम्मा संयोजकलाई दिइएको अध्यक्ष बरालले बताए ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर पोखरा सभागृह हलमा हुने पोखरा स्पोटर्स अवार्ड कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्नेछ ।