जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा माटेपानीस्थित घरको छतबाट खसेर अशोकको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

घरको छतबाट खसेर पोखरामा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउसो पोखरा महानगरपालिका–१२ माटेपानीस्थित तेजकाशी गुरुङको घरको छतबाट लडेर ३९ वर्षीय अशोक गुरुङको मृत्यु भएको हो ।

अशोक त्यही घरमा भाडामा बस्दै आएका थिए । अशोक आफू बस्दै आएको घरको चार तलामाथिको छतबाट खसेर गम्भीर घाइते भएका थिए। घरको छतबाट खसेका अशोकलाई तत्कालै उद्धारगरी पीश्चमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर कार्कीले बताए ।

उनका अनुसार अशोकले लामो समयदेखि मानसिक रोग सम्बन्धी औषधि प्रयोग गर्दै आएको खुलेको छ। उनले आत्म हत्या गरेका हुन् वा दुर्घटनामा परेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।