जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा पर्यटन परिषदको आयोजना हेम्जामा असार १५ गते असारे रोपाइँ महोत्सव

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको हेम्जामा यही असार १५ गते असारे रोपाइँ महोत्सव २०७९ हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजना तथा देविस्थान सेवा समाज हेम्जाको सहआयोजनामा १७औँ असारे रोपाइँ महोत्सव गर्न लागेको परिषदका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।

हेम्जाको माइस्थानमा मनाउन लागिएको रोपाइँ महोत्सवको मूल नारा ‘पोखरा सबै मौसमका लागि’ भन्ने छ । विशेषगरी पोखरा अथवा नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ, भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको अध्यक्ष भट्टराईले जानकारी दिए । साथै, खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्दैै परम्परागत नेपाली कृषि प्राणालीमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । रोपाइँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र महोत्सवलाई भव्य र सभ्य बनाउन सबैलाई उपस्थिति हुन उनले अनुरोध गरेका छन् । पोखरा पर्यटन परिषदले हरेक वर्ष पोखरामा रोपाइँ महोत्सवको आयोजना गर्दै आएको छ ।