जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा नयाँबजारबाट लागुऔषधसहित तीन जनालाई पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

कास्की प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ ५ बजे उनीहरुलाई पोखराको नयाँबजारबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा नयाँबजारका ३१ वर्षका विकास सुनार, सन्तोष राजबंशी र ३२ वर्षका विशाल कुँवर रहेका छन् ।

उनीहरुको साथबाट लागुऔषध नाईट्रोभ्याट-१०२ चक्की र मोबाईल तीन थान बरामद भएको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।