जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ‘प्रज्ञा उत्सव’ कार्यक्रम आयोजना

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । उत्सव असार १० गतेबाट १२ गतेसम्म २ दिन चल्ने प्रतिस्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।

प्रतिस्ठानले आयोजना गर्ने उत्सवमा कला कार्यशाला, कविता, गजल, मुक्तक र लघुकथा वाचन कार्यक्रमसंगै धनीरामको गोरु नामक नाटक समेत मञ्चन गरिनेछ ।

सो अवसरमा विभिन्न साँस्कृतीक प्रस्तुती, एकेडेमीको वार्षिक प्रगति, विभिन्न जात-जातीको झाँकी समेत प्रदर्शन हुने प्रतिस्ठानका कार्यवाहक कुलपति गोरे गुरुङले बताए । कार्यक्रमका दौरान कला, साहित्य, संगीत र संस्कृतीको क्षेत्रमा योगदान पु¥याउने एक–एक जना व्यक्तिलाई सम्मान समेत गर्ने प्रतिष्ठानले तयारी गरेको छ ।
पुस्तक प्रदर्शन, लोपोन्मुख बाजा प्रदर्शन, पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीद्धारा तयार गरिएका सामाग्रीको प्रर्दशन समेत प्रज्ञा उत्सवको आर्कषणको रुपमा रहने प्रतिस्ठानले जनाएको छ ।