जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा जमिन भास्सिएर सडकमै भ्वाङ्ग

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १६ अमरदीपस्थित सडक छेउमा जमिन भास्सिएर भ्वाङ्ग परेको छ ।

गएरातीदेखि परेको अविरल बर्षाकाकारण जमिन भास्सिएको स्थानीय बासिन्दाले बताएका छन्।  जमिन भासिदा एउटा बिजुलीको पोल गडेको छ भने पोखरामा आपूर्ति भैरहेको खानेपानीको पाइपमा समेत क्षति पुगेको छ ।

भास्सिएको उक्त स्थानलाई डोजर लगाई पुर्ने काम भैरहेको पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिएका छन् ।