जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको सेती नदीमा हाम फालेर किशोरी बेपत्ता

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर २ नारायणस्थान नजिक रहेको पुलबाट एक जना छात्रा सेती नदीमा हाम फालेकी छिन् ।

बुधबार दिउँसो १ बजेतको समयमा धादिङ घर भई हाल पोखरा बस्दै आएकी कञ्चन अवस्थी नदीमा हाम फालेको प्रत्यक्षदर्शीलाई उदृत गर्दैै जिल्ला प्रहरी कार्यालय कास्की इन्पेक्टर ज्ञानबहादु खड्काले बताए । १८ वर्षीय उनी पोखरा १ अधिकारी टोल डेरामा बस्दै आएकी थिइन् ।

इन्पेक्टर खड्काका अनुसार वडा प्रहरी कार्यलय बगरका प्रहरी निरिक्षक महेश कुमार आचार्य नेतृत्वको टाली उद्धारका लागि सेती नदि पुगेका छन् । ‘१५ जनाको रेस्क्यु टोली खटिनुभएको छ । पुलेका हाम फालेपछि प्रहरी पुगेको हो,’ खड्काले भने । पृथ्वीनारायण क्यापसको अध्ययन गर्ने परिचय कार्ड भेटिएको इन्पेक्टर खड्काले बताए ।

‘हाम्रो प्रारम्भीक अनुसन्धानबाट ती युवतीले मानसिक रोगको औषधी खाने गरेको बुझिएको छ,’ खड्काले भने, ‘के कारणले नदीमा हाम फालेको अनुसन्धान भइरहेको छ ।’