जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको यातायात कार्यालयको भनाइ : तत्काल सबै सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न सकिन्न

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशस्थित यातायात व्यवस्था कार्यालयले सबै सवारी साधनमा अहिले इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकिने प्रष्टाएको छ।

नयाँ सवारी साधन र नामसारी भई आउने सवारी साधनलाई मात्रै अहिले इम्बोस्ड नम्बर दिन सकिने कार्यालयले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

इम्बोस्ड नम्बर जडानलगायतका लागि आवश्यक जनशक्तिसमेत नभएको कार्यालयले जनाएको छ।

यसैबीच बागमती प्रदेशस्थित यातायात व्यवस्था कार्यालयले पनि नयाँ सवारी साधन र जेठमा नवीकरण गरिएका सवारी साधनका हकमा अहिले इम्बोस्ड नम्बर जडान गर्नुपर्ने बताएको छ।