जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको नीति तथा कार्यक्रम: आगामी ४ वर्षभित्र एउटा सुविधा सम्पन्न मेट्रो अस्पताल निर्माण (पूर्णपाठ)

जन्मभुमि खबर ,
पोखरा ।

मेयर धनराज आचार्यले बुधबार आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीन महिनाभित्र एकद्वार प्रणालीबाट स्वचालित सेवा सुनिश्चित गर्ने बताएका हुन् ।

‘व्यवस्थित कार्य वातावरण, सेवाग्राहीमैत्री, र शीघ्र एवं सहज सेवा प्रवाहका लागि पोखरा महानगरपालिकाको मुख्य कार्यालयको निर्माण कार्य सुरु गरिने छ । महानगरपालिकामा तीन महिनाभित्र एकद्वार प्रणालीबाट स्वचालित र अनुमायोग्य सेवा प्रवाहलाई सुनिश्चित गरिने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

कृषि उत्पादनको बजारीकरण, मूल्य शृङ्खला र भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्म: गोठदेखि ओठसम्म अभियान चलाउने जनाएको छ । कृषि उत्पादनलाई उचित मूल्य बजार पहुँचमा पनि जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पोखरामा प्रथम लगानी सम्मेलन गर्ने योजना महानगरको छ ।

आगामी ४ वर्षभित्र एउटा सुविधा सम्पन्न मेट्रो अस्पताल निर्माण गर्न आवश्यक कदम अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । जनगुनासो सुन्न र समाधान गर्न साउनभित्र हेलो मेयर कार्यक्रम सुरु गरिने भएको छ ।

ट्राफिक जाम न्यूनिकरण गर्न आगामी वर्षभित्र पोखराको पृथ्वीचोकमा अण्डरपास र फ्लाइओभरको सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्रष्टाहरूको अभिलेख राख्ने, साहित्यिक महोत्सव संचालन गर्ने र महानगर नवरत्न चयन गरी सम्मान गर्ने मेयर आचार्यले सुनाए ।

यही नीति तथा कार्यक्रममा केन्द्रित रहेर शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस                                                  pokhara-mahanagar-NEETI-pdf (1)