जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासिँदा कार र मोटरसाइकल खसेको पुष्टि , एकजनाको शव फेला

पृथ्वीराजमार्गको तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामसाइडमा सडक भाँसिदा एउटा कार र अर्को मोटरसाइकल खसेको पुष्टि भएको छ।

सडक भासिँदा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेको प्रहरीले जानकारी दिएको छ । कार निकाल्ने प्रयास जारी छ । मोटरसाइकलका चालक सकुशल छन् । अहिले सडक अवरुद्ध छ ।तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले दिएको जानकारी अनुसार, गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ ।

प्रहरीका अनुसार उक्त कार आबुखैरेनीबाट मुग्लिङ तर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र कोको थिए भन्ने खुलेको छैन ।

साँखरमा सडक भासिएको ठाउँमा एउटा शव फेला परेको छ।

घटनास्थलमा रहेका आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का सदस्य मनोज कुमारका अनुसार सडक भासिएको ठाउँमा एउटा शव फेला परेको छ।

‘एउटा पुरूषको शव फेला परेको छ,’ उनले भने, ‘शव कसको भन्ने खुलेको छैन ।

तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार त्यहाँ बेलिब्रिज नबनाएसम्म सवारी साधन चल्ने सम्भावना देखिएको छैन ।