जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिला काम गरेको पसलबाटै पैसा चोरेर भाग्ने पोखरा १० बस्ने २१ वर्षीय अजित पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

कास्की प्रहरीले चोरीको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २१ घर भइ पोखरा १० बस्ने २१ वर्षीय अजित विश्वकर्मा पक्राउ परेका हुन् ।

पोखरा १० रामबजारको सादा पोसाककाे प्रहरी टोलीले तीन लाख ६२ हजार तीन सय ८० रुपैयाँसहित विश्वकर्मालाई प्रक्राउ गरको हो । चोरी घटना बढ्दै गएपछि कास्की प्रहरीले ‘एम्बुसिङ’ अभियान चलाएको थियो । आज आइतवार बिहान शङ्कास्पद अवस्थामा झोला बोकी हिँडेको अवस्थामा विकलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त प्रवत्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे ।

विकले पोखरा १४ विपी मार्गमा रहेकाे सन्तबहादुर लामिछानेले सञ्चालन गरेको चुलो सेवा प्रालिको झ्याल फोडी पैसा चोरेकाे अनुसन्धानबाट खुलेको खड्काले बताउनुभयाे । विश्वकर्माले पहिला त्यही कम्पनीमा लेखापालका रूपमा काम गरेका खुल्न आएको छ ।

सञ्चालक लामिछानेको काउन्टरबाट सात लाख २५ हजार तीन सय ५० रुपैयाँ र नाै हजार भारु हराएको प्रहरीमा जाहेरी दिनुभएकाे थियाे ।

विश्वकर्मा अरू पनि चाेरीमा संलग्न भए/नभएको बारेमा अनुसन्धान भइरहेको र उनलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी जाँच भइरहेको छ ।