जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिरोले सिक्लेस–पोखरा सडक ३ दिनदेखि बन्द

जन्मभुमि खबर ,
पोखरा ।

लगातारको भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा पोखरा–सिक्लेस बाटो ३ देखि अवरुद्ध भएको छ । गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरोले बाटो पूर्ण रुपमा क्षति पुर्याउँदा तत्काल सडक सञ्जाल सञ्चालनमा आउने सम्भावना कम छ ।
मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले पोखरा–सिक्लेसका ठाउँठाउँमा ५ ठाउँभन्दा बढी पहिरो गएको जानकारी दिए । उनका अनुसार, मादी वडा नम्बर ७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवै भागमा पहिरोले बाटो पूर्ण रुपमा क्षति पु¥याएको छ ।

सिक्लेस कास्कीको चर्चित पर्यटकीय गुरुङ गाउँमध्ये पर्छ । पहिरोले बाटो बन्द हुँदा अत्यावश्यक कामहरु पनि समस्या पैदा भएको गाउँपालिकाले जनाएको छ । यसबारे गाउँपालिकाले प्रदेश सरकारलाई जानकारी गराइसकेको वडाध्यक्ष गुरुङले सुनाए ।