जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल अस्पतालमा बिहीबार ५० बर्षिया महिलाको किड्नी ट्रान्सप्लान्ट (मिर्गौला प्रत्यारोपण) सफलतापूर्बक सम्पन्न भएको छ ।
काठमाण्डौंबाट डा पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा प्रकाश क्षेत्री डा अनुप चापागाई डा माया लामा डा जुजु श्रेष्ठ डा अमृत केसीको मेडिकल टिमले सफल मिर्गौला प्रत्यारोपण गरेको हो ।