जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा थप १६ जनामा संक्रमण पुष्टि , ९ जना कोरोनामुक्त

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

९ सय ५७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८ जना र १ हजार २२७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ४४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १२८ पुगेको छ । हाल नेपालमा १ सय १० जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।