जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर २८ जनामा संक्रमण पुष्टि , १० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर २८ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ९१४ वटा नमुना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२० पुगेको छ ।

आज १ लाख  ४७ हजार  ५५४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।