जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर २७ जनामा संक्रमण पुष्टि, १६ जना संक्रमणमुक्त

पछिल्लो समय नेपालमा पुनः कोरोना संक्रमितहरु बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८०२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ सय ३७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २३ जना र ८ सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९३६ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ३७२ पुगेको छ । हाल नेपालमा १ सय ८८ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।