जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर २१ जनामा संक्रमण पुष्ठि , ८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर २१ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार २४८ वटा नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०९ पुगेको छ ।

एक लाख २७४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।