जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर १२ जनामा संक्रमण पुष्टि , १६ जना संक्रमणमुक्त

नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३४१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जना र ८ सय ६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६२७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार २३३ पुगेको छ । हाल नेपालमा ९३ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।