जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर थप ४३ जनामा संक्रमण , १४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ४३ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

तीन हजार ५५५ वटा नमुना परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८१ पुगेको छ ।

आज एक लाख ५० हजार ६१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।