जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशका विभिन्न प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेकोले वर्षाको सम्भावना रहेको हो।

यतिबेला प्रदेश १ र मधेश प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।