जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ६२ जनामा संक्रमण पुष्टि, १९ जना संक्रमणमुक्त

नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५१ जना र ६ सय १२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ११२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ४४५ पुगेको छ । हाल नेपालमा २ सय ६१ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।