जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप १९ जनामा संक्रमण पुष्टि , १२ जना संक्रमणमुक्त

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार १६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ११ जना र १ हजार २९१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६०० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार २०४ पुगेको छ । हाल नेपालमा १ सय ६ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।