जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप १७ जनामा कोरोना पुष्टि, ७ जना संक्रमणमुक्त

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९१५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जना र १ हजार १५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५६४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार १८१ पुगेको छ । हाल नेपालमा १ सय ९ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।