जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमणमुक्त

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५३४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ५९० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ११ जना र ९ सय ४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७१३ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार २७२ पुगेको छ । हाल नेपालमा १ सय ४ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।