जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मुल्य

मंगलबार सुनको मूल्य एकै दिन तोलामा १८ सय रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन प्रतितोला तीन सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार थप १८ सय रुपैयाँले घटेर ९७ हजार एक सय रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १८ सय रुपैयाँले नै घट्दै ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २० रुपैयाँले घट्दै प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।