जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ बढेको जानकारी दिएको हो । महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ८०० रुपैयाँ थियो ।

हिजो तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार तोलामा ९७ हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्यमा हिजो १०० रुपैयाँको वृद्धि देखिएको थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको हो ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ छ । हिजो तोलामा १ हजार २४५ रुपैयाँ मूल्य रहेको चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर कारोबारमा आएको हो ।