जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा खोलामा ट्रिपर खस्दा चालकको मृत्यु

तनहुँको आँबुखैरेनी गाउँपालिका–४, पावरहाउसस्थित रुवाखोलाको पुलबाट मिनिटिप्पर खस्दा चालकको मृत्यु भएको छ । तनहुँकै म्याग्दे गाउँपालिका–६, मनपाङका ४७ वर्षीय रामबहादुर दमाईको मृत्यु भएको हो ।                               

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब साढे ४ बजे मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१क ४४६९ नम्बरको टिपर अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको जनाइएको छ ।

‘टिपरमा चालकबाहेक अरू कोही भए नभएको खुलेको छैन,’ उनले भने। तीव्र गतिका कारण अनियन्त्रित भई टिपर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।