जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जिल्ला समन्वय समिति कास्कीमा एमालेकाे प्यानल विजयी

जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको प्यानलै विजयी भएको छ। जिसस कास्कीकाे प्रमुखमा एमालेका लीलाधर पौडेलले नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजित गर्दै विजयी भएका हुन् ।

शुक्रबार भएकाे निर्वाचनमा पाैडेलले ६ मत प्राप्त गर्दा ढकालले ४ मत पाए । उप प्रमुखमा सरिता कुमालले माओवादी केन्द्रकी उषा थापालाई पराजित गर्दै विजयी भएकी छिन् ।

यस्त‌ै सदस्यहरूमा एमालेकै बालिका सुवेदी, राजु अधिकारी र हर्कबहादुर गुरुङ विजयी भए । उनीहरुले कांग्रेसका ओमप्रकाश गुरुङ, विजय गुरुङ र माओवादी केन्द्रका पुर्खबहादुर पुनलाई हराएका हुन् । सदस्यमा विजयीहरूले समान ६ मत र पराजितहरुले ४ मत प्राप्त गरेका हुन् ।