जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनचाँदीको मुल्य

शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा ३०० रुपैयाँले नै घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।