जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश सभा बैठक स्थगित , बजेटप्रति मन्त्री र सांसदको असन्तुष्टी

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । असार १ गते संसदमा अर्थमन्त्री रामजी बरालले बजेट पेश गरेपछि आइतबारबाट छलफल गर्ने कार्य कार्यसूची थियो ।

अर्थमन्त्री बरालले ल्याएको बजेटप्रति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, अन्य मन्त्रीहरु र सत्ता पक्षकै सांसदहरुबीच असहमति छ । सत्तापक्षकै सहमति नभइसकेको र आन्तरिक तयारी पनि नपुगेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको गण्डकी प्रदेश सभाका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

आन्तरिक तयारी नपुगेको भन्दै सरकारकै अनुरोधमा बैठक स्थगित गरिएको पोखरेलले बताए । तर, अर्थमन्त्री बरालले पेश गरेको बजेटप्रति धेरै मन्त्री र सांसदको असन्तुष्टी रहेकाले पनि बैठक पछाडि सारिएको एक मन्त्रीले बताए । मन्त्रिपरिषदको बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अर्थमन्त्रीले बजेटबाट हटाएको भन्दै मुख्यमन्त्री, अरु मन्त्री र सत्ता पक्षकै सांसद रुष्ट छ ।