जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खोलाले बगाएको अवस्थामा पोखरा २२ का टेक नाथ मृत अवस्थामा फेला

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका २२ स्थित फुर्से खोलामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

पोखरा २२ का ५० वर्षीय टेक नाथ बराल  पिपलडाली स्थित खेतको बिचमा मृत फेला परेको  प्रहरीले जनाएको छ ।

खोलाले बगाएको अवस्थामा  बरालको शव  शनिबार बिहान ७ बजे  खेतको बिचमा भेटिएको बैदाम प्रहरी प्रमुख, डिएसपी युवराज भण्डारीले बताउनुभयो ।

मृतकको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।