जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खाल्टे मसिनामा बिजुली बनाउन पोलमा चढेका भक्तबहादुरको करेन्ट लागेर मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ ।

पोखरा–१४ छिनेडाँडाको खाल्टे मसिनामा बिजुली बनाउन पोलमा चढेका बेला करेन्ट लागेर एक जनाको ज्यान गएकाे हो । ज्यान गुमाउनेमा त्यही ठाउँका ४७ वर्षीय भक्तबहादुर पोखरेल रहेका प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका पाेखरेलकाे पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएकाे हो ।