जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

क्यासिनोबाट सात नेपाली पक्राउ

नेपागञ्जको धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी ई गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा मनोज विक, विपीनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह छन्।

प्रनाउ न्यौपानेका अनुसार क्यासिनोभित्र प्रवेश गरी धम्क्याउने गरेको उजुरी आएकाले उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकालाई कानूनी कारबाही गर्ने वा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको जनाइएको छ ।

क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश निषेध गरिएको छ ।