जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा पोखराका फेन्सी संचालक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा जागिर दिएको पहिलो दिन नै काम गर्ने किशोरीलाई वलात्कार प्रयास गरेको आरोपमा एक जना फेन्सी संचालक पक्राउ परेका छन्।

पोखराको चिप्लेढुंगास्थित शिला फेन्सी स्टोर्सका संचालक छविलाल गौतमलाई आफ्नो फेंसीमा काम गर्ने किशोरीलाई वलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका हुन्।

म तिमिलाइ काम सिकाउछु भन्दै माथिल्लो तल्ला लगे । हात समातेर अंगालो हाल्दै अघि बढे । किशोरी डराइन् । भर्याङ चढिरहँदा अधेँरो स्थान पुगेपछि एक्कासी मुखमा चुम्बन गर्दै गोप्य अंगतिर हात बढाउन थालेपछि उनले भाग्ने प्रयास गरिन् । यस्तो कुरा सामान्य हो भन्दै गौतमले झनै अंगालोमा कस्न थाले । त्यसपछि, म काम गर्दिनँ भन्दै रुँदै डेरातिर भागिन् पहिलो दिनमा नै वलात्कार प्रयास गरेको बताइएको छ। डिएसपी तिवारीका अनुसार पीडित किशोरीको परिवारको उजुरीका आधारमा गौतमलाई बुधबार बिहान पक्राउ गरिएको हो ।

गौतमलाई बुधबार नियन्त्रणमा लिई यौनजन्य दुर्व्यवहार मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।