जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा भारी वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

जन्मभुमि खबर ,
पोखरा ।

कास्की सहित देशका विभिन्न ठाउँमा गएरातिदेखि लगातार पानी परेको छ ।

कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको छ ।

आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।