जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको माछापुच्छ्रे गाउँपालिका ज्ञान ज्योति बोर्डिङ स्कुलका संचालक यौन दुराचारको आरोपमा पक्राउ

जन्मभुमि खवर ,
पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञान ज्योति बोर्डिङ स्कुलका संचालक रामचन्द्र शाही लाई यौन दुराचारको आरोपमा पक्राउ परेका छन । स्कुलका विद्यार्थीहरुलाइ सञ्चालक शाहीले बाल यौन दुराचार तथा अप्राकृतिक मैथुन गरेको आरोप लागेको लगाएका छन ।

घटनाबारे विद्यार्थी र स्कुल प्रशासनबिच बिहिबार छलफल भएपनि विवाद नटुङ्गीएपछि आज शुक्रबार विद्यालय बन्द गरिएको थियो केही छात्रहरुले यौन दुराचारको आरोप लगाएका छन् । हिजो छलफल भयो तर विवाद नटुङ्गीएपछि आज विद्यालय बन्द गरिएको थियो ।’

घटनाबारे स्थानीय र अभिभावकहरुले जानकारी पाएपछि निष्पक्ष छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना प्रमुख सुन्दर कुमार तिवारीले आरोपि शाहीलाई पक्राउ गरि कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई, घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको बताए ।