जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौं उपत्यकामा १२ जनालाई देखियो हैजा

काठमाडौं उपत्यकामा १२ जनालाई हैजा देखिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले विभिन्न स्थानका १२ जनामा हैजा पुष्टी भएको अन्नपूर्णलाई जानकारी दिए। उनले भने, ‘डिल्लीबजार, बागबजार, कपन, थानकोट, बल्खु, नैकाप, सानेपाललगायत स्थानमा हैजा देखिएको छ।’

गत असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ।

हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न र गर्मी तथा वर्षायाममा वशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहन भनेको छ ।