जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ओमनबाट स्याम्पुको डब्बाभित्र अवैधरुपमा ल्याउँदै गरेको सुनसहित एक जना पक्राउ

प्रहरीले स्याम्पुको डब्बाभित्र अवैधरुपमा ल्याउँदै गरेको सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार स्याम्पुको डब्बाभित्र लुकाई छिपाई ओमनबाट अवैधरुपमा ल्याउँदै गरेको १०० ग्राम सुनसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

ओमनबाट सलाम एयरवेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सिराहा स्थायी घर भएका निरन्जन कुमार सिंहलाई १०० ग्राम सुनसहित नियन्त्रणमा लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्दा उनको साथमा १०० ग्राम सुन पाइएकाले नियन्त्रणमा लिएको जनाइएको छ । उनले उक्त सुन स्याम्पुको डब्बाभित्र स्याम्पु (झोल) सँगै मिसाई लुकाई छिपाई अवैधरुपमा ल्याउँदै गरेका थिए ।