जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज मदन भण्डारीको ७१औँ जन्मजयन्ती , विभिन्न कार्यक्रम गरेर मनाइँदै

नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७१औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

एमाले र उसका निकट संगठनले मदन भण्डारी जयन्तीका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेका छन् । मदन भण्डारी फाउन्डेसनले जन्मजयन्तीका अवसरमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ‘जनताको बहुदलीय जनवाद : राष्ट्र निर्माणको आधार’ विषयक राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रम गर्ने तय छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । भण्डारीले ०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रका रूपमा लागु गर्दै आएको छ ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो ।