जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकाले बुस्टर डोज लगाउन पाउने

१२ देखि १७ वर्षसम्मका बालबालिकाले आजदेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाउन पाउने भएका छन् ।

पूर्ण मात्रा खोप लिएर तीन महिना पुगेकालाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो उमेर समूहका बालबालिकालाई सरकारले मोडर्ना तथा फाइजर खोप दिएको थियो ।

१२ देखि १७ वर्षसम्मका बालबालिकाले  बुस्टर डोजमा मोडर्ना तथा फाइजर जुन लगाए पनि हुने मन्त्रालयले जनाएको छ । सरकारले आउँदो असार ९ गतेदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी पनि गरेको छ ।